योजना तथा विकास सहायता समन्वय महाशाखा

योजना तथा विकास सहायता समन्वय  महाशाखा

  • मन्त्रालय र अन्तर्गतका विभिन्न विकास आयोजनाहरुको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने र तत्‍सम्बन्धमा अन्तर्गतका निकायहरु बीच समन्वय गर्ने, गराउने। 
  • नियमित रुपमा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट संचालित विकास आयोजनाहरुको समीक्षा बैठकको आयोजना गर्ने गराउने।
  • सम्बन्धित महाशाखाको परामर्श समेत लिई मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरुको योजना तर्जुमा गर्ने गराउने।
  • दातृसंस्थाहरुको सहयोगबाट संचालन गरिने आयोजनाहरुको तर्जुमा कार्यमा वैदेशिक सहयोग सम्बन्धी कार्य गर्ने। 
  • सहयोग सम्बन्धी नीतिगत अध्ययन, अनुसन्धान¸ विश्‍लेषण¸ परिचालन, समन्वय र व्यवस्थापन सम्बन्धी कार्य गर्ने, 
  • अन्तर्गतका विभिन्न विकास आयोजना, परियोजना तथा निकायहरुको वार्षिक योजना, कार्यक्रम, बजेट सिलिङ, बजेट तर्जुमा एवं स्वीकृति सम्बन्धी कार्य गर्ने ।
  • अर्न्तर्गतका वैदेशिक सहयोगमा संचालित विकास आयोजनाहरुको अनुगमन, मूल्यांकन तथा प्रगति समीक्षा गर्ने ।
  • सामाजिक समावेशिकरण तथा गैरसरकारी संस्था सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन पक्षको अनुगमन गर्ने ।

योजना  तथा विकास सहायता  समन्वय शाखा

  • सम्बन्धित महाशाखाहरुसँग परामर्श लिई अन्तर्गतका आयोजना/कार्यक्रम संचालन सम्बन्धी नीति निर्धारण गर्न पेश गर्ने ।
  • सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालय, अन्तर्गतका विभाग, निकायहरुबाट संचालन गरिने कार्यक्रमहरुको लागि सम्बन्धित विभाग, निकायहरुबाट विवरण लिई कार्यक्रम तर्जुमा तथा बजेट प्रक्षेपण गर्ने। 
  • अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्पर्क राखी आयोजनाहरु स्वीकृत गर्ने गराउने सम्बन्धी कार्य गर्ने । 
  • राष्ट्रिय योजना आयोगबाट स्वीकृत आयोजनाहरुको विनियोजित बजेटको आधारमा जिल्ला तथा केन्द्रीय आयोजनाहरुको बार्षिक कार्यक्रम स्वीकृत गर्ने गराउने र सम्बन्धित महाशाखाहरुलाई जानकारी गराउने।
  • विनियोजित बजेट अनुसार स्वीकृत भएका कार्यक्रम संशोधन सम्बन्धमा सम्बन्धित महाशाखाको राय लिई संशोधन सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालय अन्तर्गत संचालित विभिन्न विकास कार्यक्रम बीच समन्वय राखी कार्यक्रमहरु दोहोरोपन हुन निदिई उपलब्ध साधनको समुचित उपयोगमा सघाउ पुर्‍याउने। 
  • मन्त्रालय अन्तर्गत संचालन हुने कार्यक्रम तथा आयोजनाहरुको लागि आवश्यक जनशक्ति प्रक्षेपण एवं तिनको दक्षता अभिबृद्धि गर्ने सम्बन्धी कार्यहरु गर्न प्रशासन महाशाखालाई सहयोग गर्ने।
  • अर्न्तर्गतका विभिन्न विकास आयोजना, परियोजना तथा निकायहरुको वार्षिक योजना, कार्यक्रम, बजेट सिलिङ, बजेट तर्जुमा एवं स्वीकृत गराउने सम्बन्धी कार्य गर्ने ।
  • योजना, कार्यक्रम तथा बजेट स्वीकृति सम्बन्धमा विभिन्न निकायहरु सँग समन्वय गर्ने ।
  •   अर्न्तर्गतका विकास आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धमा निर्णयानुसार निर्देशन दिने सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालय र अन्तर्गत स्वदेशी तथा विदेशी लगानी प्रबर्द्धन सम्बन्धी कार्य गर्ने ।
  • अर्न्तर्गत वैदेशिक सहयोग नीति सम्बन्धी कार्य गर्ने ।
  • सहयोगबाट संचालन हुने आयोजनाहरुका सम्बन्धमा भएका सम्झौतापत्र तथा अभिलेख अद्यावधिक गरी राख्‍ने ।
  • सहयोगका लागि विकास साझेदारको पहिचान गर्ने ।
  • सहयोगको परिचालन, समन्वय र व्यवस्थापन गर्ने ।
  • सहयोग सम्बन्धी नीतिगत अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने ।
  • सहयोग अर्न्तर्गत संचालन हुने सवै कार्यक्रम तथा आयोजना तर्जुमा सम्बन्धी कार्य गर्ने ।
  • खानेपानी तथा सरसफाइ, आवास, भवन र सहरी पुर्वाधार विकास, खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यमा संलग्न वैदेशिक सहयोगबाट संचालन भएका आयोजनाहरुको समष्टिगत विवरण अद्यावधिक गर्राई राख्‍ने ।
  • विकास साझेदारहरुसँग समन्वय सम्बन्धी कार्य गर्ने ।
  • सहयोग सम्बन्धमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने ।
  • अन्तर्गतका निकायहरुको वैदेशिक सहयोग सम्बन्धमा आई पर्ने अन्य कार्य गर्ने ।
  • अन्तगर्तका विभिन्न आयोजनामा कार्यरत विदेशि परामर्शदाताको प्रवेशाज्ञा (VISA) सिफारिस सम्बन्धी कार्य गर्ने । 
  • तथा सरसफाइ सम्बन्धी कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा राष्ट्रिय गैर सरकारी संस्था संबन्धी योजना तर्जुमा तथा कार्यान्वयन संबन्धी कार्य गर्ने ।

(आअनुगमन तथा मूल्याङ्कन शाखा 

  • मन्त्रालयका सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालय र अन्तर्गतका आयोजनाहरुको प्रगति प्रतिवेदन तयार गरी अद्यावधिक राख्‍ने र आवधिक रुपमा समीक्षा गर्ने। 
  •  अन्तर्गत संचालित आयोजनाको कार्यान्वयन सम्बन्धी नियमित अनुगमन एवं मूल्याङ्कन गर्ने र कार्यान्वयन पक्षमा देखा परेका समस्याहरुको समाधानार्थ मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश गर्ने र सम्बन्धित महाशाखाहरुलाई जानकारी गराउने। 
  • सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालय अन्तर्गतका आयोजनाहरुको नियमित रुपमा अनुगमन गरी आयोजनाहरुको यथार्थ स्थितिको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने। 
  • सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकको आयोजना गर्ने र आयोजनाहरुको प्रगति सम्बन्धमा मूल्याङ्कन पेश गर्ने। 
  • राष्ट्रिय विकास समस्या समाधान समिति र राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट कारवाही गर्नुपर्ने मन्त्रालय सम्बन्धी विषयमा आवश्यक कार्य गर्ने।
  • राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट समय समयमा निर्धारीत गरिने अन्य कार्य सम्पादन गर्ने। 
  • सम्बन्धित महाशाखाहरु अन्तर्गतका निकायहरुबाट प्रत्येक वर्ष भए गरेका मूख्य मूख्य कार्यहरुको प्रगति विवरण पुस्तिका तयार गरी आर्थिक वर्ष समाप्ती पछि प्रकाशन गर्ने।
  • आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कनका सूचकहरु तयार गरी सोको आधारमा आयोजनाहरुको नियमित अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने ।
  • अन्तगर्तबाट संचालित विभिन्न विकास आयोजनाहरुको आवधिक समीक्षा सम्बन्धी कार्य गर्ने ।
  • प्रभाव मूल्याङ्कन गर्ने गराउने ।
  • सामाजिक समावेशिकरण तथा गैरसरकारी संस्था सम्बन्धी नीति तर्जुमा तथा सोको कार्यान्वयन पक्षको अनुगमन गर्ने ।
  • अर्न्तर्गतका निकायहरुसंग सम्बन्धित आवधिक एवं वार्षिक योजना सम्बन्धी लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम तर्जुमा, कार्यान्वन, मूल्याँकन सम्बन्धि कार्य गर्ने ।
  • तथा गैर सरकारी संस्थाहरुको Focal Person को रुपमा कार्य गरी समन्वय गर्ने ।
  • र्राष्ट्रिय गैरसरकारी संस्थाका प्रस्तावहरु अध्ययन गरी रायसाथ निर्णयका लागि पेश गर्ने कार्य गर्ने।
Copyright © 2019 Ministry of Water Supply.