आन्तरिक व्यवस्थापन तथा सुशासन प्रवर्द्बन शाखा
- कर्मचारीहरुको आन्तरिक खटन पाटन र आन्तरिक व्यवस्थापन सम्बन्धी
- मन्त्रालयका लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन सम्बन्धी
- मन्त्रालयका लागि आवश्यक सवारी साधन, मेशिनरी औजार तथा जिन्सी सामानहरुको खरिद, भण्डारण, आपूर्ती, मर्मत, संभार, जिन्सी निरीक्षण तथा लिलाम बिक्रिको व्यवस्था सम्बन्धी
- मन्त्रालयको सुरक्षा तथा सरसफाइ प्रबन्ध सम्बन्धी
- कर्मचारी बैठक र सोको निर्णय कार्यान्वयन एवं अनुगमन सम्बन्धी
- मन्त्रालय र अन्तरगत निकायमा कार्यरत कर्मचारी र राष्ट्र सेवकको सम्पत्ति विवरण सम्बन्धी
- मन्त्रालय र अन्तर्गतका निकायहरुले सम्पादन गर्ने कार्यहरुका सम्बन्धमा आइपर्ने विभिन्न गुनासो व्यवस्थापन, उजुरीको छानविन तथा संसदीय निगरानी निकायबाट प्राप्त सुझाव व्यवस्थापन सम्बन्धी
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायक सम्पर्क विन्दु भई कार्य गर्ने सम्बन्धी ।