खानेपानी शाखा
- खानेपानी आवश्यकताको परिपूर्ति गर्न राष्ट्रियस्तरमा योजनावद्ब रुपमा अल्पकालिन तथा दीर्घकालिन कार्यक्रम तर्जुमा सम्बन्धी
- कार्यान्वयन निकाय र कार्यक्रमहरु बीच केन्द्रीय स्तरमा गर्नुपर्ने समन्वयन सम्बन्धी
- आयोजनाहरुको सेवाको वर्गीकरण गरीस्तर, प्रकृति, प्रविधि अनुसारको विभिन्न खानेपानी आयोजनाहरुको कार्यान्वयन प्रकृया निर्धारण गर्न तर्जुमा एवं पुनरावलोकन गर्नुपर्ने मार्गदर्शन सम्बन्धी
- सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रबाट संचालित सहरी तथा ग्रामिण खानेपापनी आयोजनाहरुबाट लाभान्वित जनसंख्या, भएका उपलब्धिहरु, उपलब्ध सेवास्तर तथा अन्य (गुस्तर तथा परिणाम) व्यवस्थापकीय सूचनाहरुको संकलन, विश्लेषण तथा पृष्ठपोषण सम्बन्धी
- सरकारी तथा निजी क्षेत्रबाट संचालित खानेपानी आयोजना कार्यान्वयन गर्न उपलब्ध गराउने सहयोग सम्बन्धी
- द्बिपक्षीय तथा बहुपक्षीय अन्तराष्ट्रिय संघ संस्थाहरुलाई खानेपानी कार्यक्रमहरु तर्जुमा, अनुगमन तथा मूल्याकंन गर्न उपलब्ध गराउनुपर्ने प्राविधिक सहयोग सम्बन्धी
- जल प्रदुषण नियन्त्रण शाखा
- जल प्रदुषणसँग सम्बन्धित कानून, नीति तथा मापदण्डहरुको तर्जुमा कार्यान्वयन, अनुगमन, मुल्याङकन, परीक्षण तथा नियमनसम्बन्धी
- जल प्रदुषण सूचक तथा जल प्रदुषण गुणस्तर सम्बन्धी
- नदी तथा ताल तलैयाको प्रदुषण सम्बन्धी
- उद्योगहरुबाट हुने जल प्रदुषण सम्बन्धी
- मानवीय फोहोर (Faecal Sludge) सम्बन्धी
- उद्योगहरुबाट निस्किएका फोहोर नियमन सम्बन्धी
- जल प्रदुषण नियन्त्रण ’bout संस्थागत क्षमता विकास सम्बन्धी