कर्मचारी प्रशासन शाखा
- मन्त्रालय र अन्तर्गतका निकायहरुको आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी
- स्वीकृत दरबन्दी निजामती किताबखानामा दर्ता सम्बन्धी
- मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदपूर्तिका लागि माग गर्ने र छनौट भई आएका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन सम्बन्धी
- कर्मचारीहरुको विवरण, दरवन्दी, हाजिरी, गयल, विदा रेकर्ड र व्यक्तिगत अभिलेख सम्बन्धी
- विभागीय कारवाही सम्बन्धी
- निमित्त, कायम मुकायम, काज सम्बन्धी
- वैदेशिक छात्रवृत्ती र अध्ययन/भ्रमण/तालिम/गोष्ठी/सेमिनारका लागि उम्मेदवार मनोनयन सम्बन्धी
- अध्ययन वा तालिममा जाने र फर्कने व्यक्तिहरुको विवरण सम्बन्धी
- सम्बद्बता निर्धारण सम्बन्धी
- मन्त्रालयले सम्पन्न गर्नुपर्ने बढुवा समितिको सचिवालय सम्बन्धी