योजना तथा विकास सहायता समन्वय शाखा

  • सम्बन्धित महाशाखाहरुसँग परामर्श लिई अन्तर्गतका आयोजना/कार्यक्रम संचालन सम्बन्धी नीति निर्धारण गर्न पेश गर्ने ।
  • सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालय, अन्तर्गतका विभाग, निकायहरुबाट संचालन गरिने कार्यक्रमहरुको लागि सम्बन्धित विभाग, निकायहरुबाट विवरण लिई कार्यक्रम तर्जुमा तथा बजेट प्रक्षेपण गर्ने। 
  • अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्पर्क राखी आयोजनाहरु स्वीकृत गर्ने गराउने सम्बन्धी कार्य गर्ने । 
  • राष्ट्रिय योजना आयोगबाट स्वीकृत आयोजनाहरुको विनियोजित बजेटको आधारमा जिल्ला तथा केन्द्रीय आयोजनाहरुको बार्षिक कार्यक्रम स्वीकृत गर्ने गराउने र सम्बन्धित महाशाखाहरुलाई जानकारी गराउने।
  • विनियोजित बजेट अनुसार स्वीकृत भएका कार्यक्रम संशोधन सम्बन्धमा सम्बन्धित महाशाखाको राय लिई संशोधन सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालय अन्तर्गत संचालित विभिन्न विकास कार्यक्रम बीच समन्वय राखी कार्यक्रमहरु दोहोरोपन हुन निदिई उपलब्ध साधनको समुचित उपयोगमा सघाउ पुर्‍याउने। 
  • मन्त्रालय अन्तर्गत संचालन हुने कार्यक्रम तथा आयोजनाहरुको लागि आवश्यक जनशक्ति प्रक्षेपण एवं तिनको दक्षता अभिबृद्धि गर्ने सम्बन्धी कार्यहरु गर्न प्रशासन महाशाखालाई सहयोग गर्ने।
  • अर्न्तर्गतका विभिन्न विकास आयोजना, परियोजना तथा निकायहरुको वार्षिक योजना, कार्यक्रम, बजेट सिलिङ, बजेट तर्जुमा एवं स्वीकृत गराउने सम्बन्धी कार्य गर्ने ।
  • योजना, कार्यक्रम तथा बजेट स्वीकृति सम्बन्धमा विभिन्न निकायहरु सँग समन्वय गर्ने ।
  • अर्न्तर्गतका विकास आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धमा निर्णयानुसार निर्देशन दिने सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालय र अन्तर्गत स्वदेशी तथा विदेशी लगानी प्रबर्द्धन सम्बन्धी कार्य गर्ने ।
  • अर्न्तर्गत वैदेशिक सहयोग नीति सम्बन्धी कार्य गर्ने ।
  • सहयोगबाट संचालन हुने आयोजनाहरुका सम्बन्धमा भएका सम्झौतापत्र तथा अभिलेख अद्यावधिक गरी राख्‍ने ।
  • सहयोगका लागि विकास साझेदारको पहिचान गर्ने ।
  • सहयोगको परिचालन, समन्वय र व्यवस्थापन गर्ने ।
  • सहयोग सम्बन्धी नीतिगत अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने ।
  • सहयोग अर्न्तर्गत संचालन हुने सवै कार्यक्रम तथा आयोजना तर्जुमा सम्बन्धी कार्य गर्ने ।
  • खानेपानी तथा सरसफाइ, आवास, भवन र सहरी पुर्वाधार विकास, खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यमा संलग्न वैदेशिक सहयोगबाट संचालन भएका आयोजनाहरुको समष्टिगत विवरण अद्यावधिक गर्राई राख्‍ने ।
  • विकास साझेदारहरुसँग समन्वय सम्बन्धी कार्य गर्ने ।
  • सहयोग सम्बन्धमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने ।
  • अन्तर्गतका निकायहरुको वैदेशिक सहयोग सम्बन्धमा आई पर्ने अन्य कार्य गर्ने ।
  • अन्तगर्तका विभिन्न आयोजनामा कार्यरत विदेशि परामर्शदाताको प्रवेशाज्ञा (VISA) सिफारिस सम्बन्धी कार्य गर्ने । 
Copyright © 2019 Ministry of Water Supply.