अनुगमन तथा मूल्याङ्कन शाखा

  • मन्त्रालयका सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालय र अन्तर्गतका आयोजनाहरुको प्रगति प्रतिवेदन तयार गरी अद्यावधिक राख्‍ने र आवधिक रुपमा समीक्षा गर्ने। 
  • मन्त्रालय र अन्तर्गत संचालित आयोजनाको कार्यान्वयन सम्बन्धी नियमित अनुगमन एवं मूल्याङ्कन गर्ने र कार्यान्वयन पक्षमा देखा परेका समस्याहरुको समाधानार्थ मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश गर्ने र सम्बन्धित महाशाखाहरुलाई जानकारी गराउने। 
  • सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालय अन्तर्गतका आयोजनाहरुको नियमित रुपमा अनुगमन गरी आयोजनाहरुको यथार्थ स्थितिको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने। 
  • सम्बन्धित महाशाखाहरुको समेत सहयोग लिई मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकको आयोजना गर्ने र आयोजनाहरुको प्रगति सम्बन्धमा मूल्याङ्कन पेश गर्ने। 
  • राष्ट्रिय विकास समस्या समाधान समिति र राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट कारवाही गर्नुपर्ने मन्त्रालय सम्बन्धी विषयमा आवश्यक कार्य गर्ने।
  • राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट समय समयमा निर्धारीत गरिने अन्य कार्य सम्पादन गर्ने। 
  • सम्बन्धित महाशाखाहरु अन्तर्गतका निकायहरुबाट प्रत्येक वर्ष भए गरेका मूख्य मूख्य कार्यहरुको प्रगति विवरण पुस्तिका तयार गरी आर्थिक वर्ष समाप्ती पछि प्रकाशन गर्ने।
  • आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कनका सूचकहरु तयार गरी सोको आधारमा आयोजनाहरुको नियमित अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालय र अन्तगर्तबाट संचालित विभिन्न विकास आयोजनाहरुको आवधिक समीक्षा सम्बन्धी कार्य गर्ने ।
  • प्रभाव मूल्याङ्कन गर्ने गराउने ।
  • सामाजिक समावेशिकरण तथा गैरसरकारी संस्था सम्बन्धी नीति तर्जुमा तथा सोको कार्यान्वयन पक्षको अनुगमन गर्ने ।
  • अर्न्तर्गतका निकायहरुसंग सम्बन्धित आवधिक एवं वार्षिक योजना सम्बन्धी लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम तर्जुमा, कार्यान्वन, मूल्याँकन सम्बन्धि कार्य गर्ने ।
  • तथा गैर सरकारी संस्थाहरुको Focal Person को रुपमा कार्य गरी समन्वय गर्ने ।
Copyright © 2019 Ministry of Water Supply.