वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा एकादशी - २६
पछिल्लो समयमा जलवायु परिवर्तनको असर संगसंगै वर्षातको तरीका पनि फरक हुँदै गइरहेको (अति वृष्टि, अनावृष्टि, थोरै समयमा धेरै पानी पर्ने जसले गर्दा पहाडमा मुलहरु सुक्ने क्रम बढ्दो, तराइमा भूजल सतह घट्दोक्रममा रहेको) कारणले अवका दिनहरुमा थोरै समयमा परेको पानीलाई जम्मा गर्नु पर्ने वाध्यता आइरहेको छ। यसैको एउटा शुरुवात हो कुलोवाँध जलाशययुक्त खानेपानी आयोजना जुन गोरखाको गण्डकी गा.पा. वडा नं. ५ मा अवस्थित छ । हाल निर्माणाधिन उक्त खानेपानी आयोजनावाट ड्याम निर्माण सम्पन्न भए पछि हरेक वर्षातमा वगेर जाने पानी जम्मा गर्ने, उक्त पानीलाई प्रशोधन गरी नजिकको वस्तिमा खानेपानी सेवा, वढि हुने पानीलाई साना सिंचाईमा प्रयोग गर्न सकिने र केहि पानी भूजल सतह Recharge हुने, मुलहरुमा पनि योगदान गर्ने सम्मको सकारात्मक प्रभाव पर्न जाने हुन्छ । वस्ति नजिकै वर्षातको पानी जम्मा हुने भए पछि Multistage Pumping मा हुने धेरै संचालन खर्च समेत घट्न गई जलवायु अनुकुलित दिगो खानेपानी सेवा उपलब्ध गराउन यस्ता प्रकारका आयोजनाहरुको महत्व बढ्दै जाने अवस्था छ । मिति २०८२।०९।२६ गते माननीय खानेपानी मन्त्री डा.मदन प्रसाद परियारको नेतृत्वमा Site Visit गरी स्थानीय जनप्रतिनिधिहरुको समुपस्थितिमा आयोजनाको बारेमा छलफल कार्यक्रम सम्पन्न भयो ।