प्रशासन महाशाखा

  • मन्त्रालय र अन्तर्गतका निकायहरुको आवश्यक जनशक्ति व्यवस्थापन तथा स्वीकृत दरबन्दी निजामती किताबखानामा दर्ता सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदपूर्तिका लागि माग गर्ने र छनौट भई आएका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन सम्बन्धी,
  • कर्मचारीहरुको विवरण, दरवन्दी, हाजिरी, गयल, विदा रेकर्ड र व्यक्तिगत अभिलेख तथा विभागीय कारवाही सम्बन्धी,
  • वैदेशिक छात्रवृत्ती र अध्ययन/भ्रमण/तालिम/गोष्ठी/सेमिनारका लागि उम्मेदवार मनोनयन तथा अध्ययन वा तालिममा जाने र फर्कने व्यक्तिहरुको विवरण सम्बन्धी,
  • मन्त्रालयले सम्पन्न गर्नुपर्ने बढुवा समितिको सचिवालय सम्बन्धी,
  • कर्मचारीहरुको आन्तरिक खटन पाटन, आन्तरिक व्यवस्थापन तथा मन्त्रालयका लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन सम्बन्धी,
  • मन्त्रालयका लागि आवश्यक सवारी साधन, मेशिनरी औजार तथा जिन्सी सामानहरुको खरिद व्यस्थापन, जिन्सी निरीक्षण तथा लिलाम बिक्रि, मन्त्रालयको सुरक्षा तथा सरसफाइ प्रबन्धको व्यवस्था सम्बन्धी,
  • कर्मचारी बैठक र सोको निर्णय कार्यान्वयन एवं अनुगमन, मन्त्रालय र अन्तरगत निकायमा कार्यरत कर्मचारी र राष्ट्र सेवकको सम्पत्ति विवरण सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गतका निकायहरुले सम्पादन गर्ने कार्यहरुका सम्बन्धमा आइपर्ने विभिन्न गुनासो व्यवस्थापन, उजुरीको छानविन तथा संसदीय निगरानी निकायबाट प्राप्त सुझाव व्यवस्थापन सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गतका विकास आयोजना तथा कार्यक्रमको तर्जुमा, वार्षिक बजेट तयारी, अख्तियारी बाँडफाँड, बजेट संशोधन र रकमान्तरमा सहयोग सम्बन्धी,
  • विनियोजन, धरौटी र राजश्वका विवरण अद्यावधिक तथा वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुको सोधभर्ना सम्बन्धी,
  • स्वीकृत बिनियोजन बमोजिम बजेट खर्चको केन्द्रीय लेखा तथा मातहत निकायको आर्थिक प्रशासन कार्यको अनुगमन सम्बन्धी,
  • लेखा परीक्षण तथा बेरुजु अभिलेख र बेरुजु फर्छ्यौट सम्बन्धी,
  • ऐन, नियम, गठन आदेश, विनियम, कार्यविधि, निर्देशिका, मापदण्डको मस्यौदा तयारी एवं परिमार्जन तथा नेपाल राजपत्रमा प्रकाशन गरिने सूचना सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गतका निकायलाई कानुनी राय परामर्श, लिखित जवाफ एवं प्रतिउत्तर तथा मुद्बाको प्रतिरक्षा र महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गतका निकायबाट गरिने वार्ता, सम्झौता आदिमा सहभागितामा, वार्ताका बुँदा तयारी एवं सम्झौताको मस्यौदा सम्बन्धी,
  • मानव अधिकार सम्बन्धी साथै अदालतबाट भएका फैसला तथा निर्देशनात्मक आदेशको अभिलेख एवं कार्यान्वयन सम्बन्धी।

(क)कर्मचारी प्रशासन शाखा

(ख)आन्तरिक व्यवस्थापन तथा सुशासन प्रवर्द्बन शाखा

(ग)आर्थिक प्रशासन शाखा

(घ)कानून तथा फैसला कार्यान्वयन शाखा