- मन्त्रालय र अन्तर्गतका निकायहरुको आवश्यक जनशक्ति व्यवस्थापन तथा स्वीकृत दरबन्दी निजामती किताबखानामा दर्ता सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदपूर्तिका लागि माग गर्ने र छनौट भई आएका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन सम्बन्धी,
- कर्मचारीहरुको विवरण, दरवन्दी, हाजिरी, गयल, विदा रेकर्ड र व्यक्तिगत अभिलेख तथा विभागीय कारवाही सम्बन्धी,
- वैदेशिक छात्रवृत्ती र अध्ययन/भ्रमण/तालिम/गोष्ठी/सेमिनारका लागि उम्मेदवार मनोनयन तथा अध्ययन वा तालिममा जाने र फर्कने व्यक्तिहरुको विवरण सम्बन्धी,
- मन्त्रालयले सम्पन्न गर्नुपर्ने बढुवा समितिको सचिवालय सम्बन्धी,
- कर्मचारीहरुको आन्तरिक खटन पाटन, आन्तरिक व्यवस्थापन तथा मन्त्रालयका लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन सम्बन्धी,
- मन्त्रालयका लागि आवश्यक सवारी साधन, मेशिनरी औजार तथा जिन्सी सामानहरुको खरिद व्यस्थापन, जिन्सी निरीक्षण तथा लिलाम बिक्रि, मन्त्रालयको सुरक्षा तथा सरसफाइ प्रबन्धको व्यवस्था सम्बन्धी,
- कर्मचारी बैठक र सोको निर्णय कार्यान्वयन एवं अनुगमन, मन्त्रालय र अन्तरगत निकायमा कार्यरत कर्मचारी र राष्ट्र सेवकको सम्पत्ति विवरण सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायहरुले सम्पादन गर्ने कार्यहरुका सम्बन्धमा आइपर्ने विभिन्न गुनासो व्यवस्थापन, उजुरीको छानविन तथा संसदीय निगरानी निकायबाट प्राप्त सुझाव व्यवस्थापन सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका विकास आयोजना तथा कार्यक्रमको तर्जुमा, वार्षिक बजेट तयारी, अख्तियारी बाँडफाँड, बजेट संशोधन र रकमान्तरमा सहयोग सम्बन्धी,
- विनियोजन, धरौटी र राजश्वका विवरण अद्यावधिक तथा वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुको सोधभर्ना सम्बन्धी,
- स्वीकृत बिनियोजन बमोजिम बजेट खर्चको केन्द्रीय लेखा तथा मातहत निकायको आर्थिक प्रशासन कार्यको अनुगमन सम्बन्धी,
- लेखा परीक्षण तथा बेरुजु अभिलेख र बेरुजु फर्छ्यौट सम्बन्धी,
- ऐन, नियम, गठन आदेश, विनियम, कार्यविधि, निर्देशिका, मापदण्डको मस्यौदा तयारी एवं परिमार्जन तथा नेपाल राजपत्रमा प्रकाशन गरिने सूचना सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायलाई कानुनी राय परामर्श, लिखित जवाफ एवं प्रतिउत्तर तथा मुद्बाको प्रतिरक्षा र महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायबाट गरिने वार्ता, सम्झौता आदिमा सहभागितामा, वार्ताका बुँदा तयारी एवं सम्झौताको मस्यौदा सम्बन्धी,
- मानव अधिकार सम्बन्धी साथै अदालतबाट भएका फैसला तथा निर्देशनात्मक आदेशको अभिलेख एवं कार्यान्वयन सम्बन्धी।
(क)कर्मचारी प्रशासन शाखा
- मन्त्रालय र अन्तर्गतका निकायहरुको आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी,
- स्वीकृत दरबन्दी निजामती किताबखानामा दर्ता सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदपूर्तिका लागि माग गर्ने र छनौट भई आएका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन सम्बन्धी,
- कर्मचारीहरुको विवरण, दरवन्दी, हाजिरी, गयल, विदा रेकर्ड र व्यक्तिगत अभिलेख सम्बन्धी,
- विभागीय कारवाही सम्बन्धी,
- निमित्त, कायम मुकायम, काज सम्बन्धी,
- वैदेशिक छात्रवृत्ती र अध्ययन/भ्रमण/तालिम/गोष्ठी/सेमिनारका लागि उम्मेदवार मनोनयन सम्बन्धी,
- अध्ययन वा तालिममा जाने र फर्कने व्यक्तिहरुको विवरण सम्बन्धी,
- सम्बद्बता निर्धारण सम्बन्धी,
- मन्त्रालयले सम्पन्न गर्नुपर्ने बढुवा समितिको सचिवालय सम्बन्धी।
(ख)आन्तरिक व्यवस्थापन तथा सुशासन प्रवर्द्बन शाखा
- कर्मचारीहरुको आन्तरिक खटन-पाटन र आन्तरिक व्यवस्थापन सम्बन्धी,
- मन्त्रालयका लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन सम्बन्धी,
- मन्त्रालयका लागि आवश्यक सवारी साधन, मेशिनरी औजार तथा जिन्सी सामानहरुको खरिद, भण्डारण, आपूर्ती, मर्मत, सम्भार, जिन्सी निरीक्षण तथा लिलाम बिक्रिको व्यवस्था सम्बन्धी,
- मन्त्रालयको सुरक्षा तथा सरसफाइ प्रबन्ध सम्बन्धी,
- कर्मचारी बैठक र सोको निर्णय कार्यान्वयन एवं अनुगमन सम्बन्धी,
- मन्त्रालय र अन्तरगत निकायमा कार्यरत कर्मचारी र राष्ट्र सेवकको सम्पत्ति विवरण सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायहरुले सम्पादन गर्ने कार्यहरुका सम्बन्धमा आइपर्ने विभिन्न गुनासो व्यवस्थापन, उजुरीको छानविन तथा संसदीय निगरानी निकायबाट प्राप्त सुझाव व्यवस्थापन सम्बन्धी,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायक सम्पर्क विन्दु भई कार्य गर्ने सम्बन्धी।
(ग)आर्थिक प्रशासन शाखा
- मन्त्रालय र अन्तर्गत निकायको वार्षिक बजेट तयारी, संशोधन र रकमान्तर सम्बन्धी,
- मन्त्रालय अन्तर्गतका विकास आयोजना तथा कार्यक्रम तर्जुमा सहयोग सम्बन्धी,
- वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुको सोधभर्ना सम्बन्धी,
- अख्तियारी बाँडफाँड सम्बन्धी,
- स्वीकृत विनियोजन बमोजिम बजेट खर्चको केन्द्रीय लेखा सम्बन्धी,
- विनियोजन, धरौटी र राजश्वका विवरण अद्यावधिक सम्बन्धी,
- लेखा परीक्षण सम्बन्धी,
- मातहत निकायको आर्थिक प्रशासन कार्यको अनुगमन सम्बन्धी,
- बेरुजु अभिलेख र बेरुजु फर्छ्यौट सम्बन्धी,
- आर्थिक प्रशासन शाखासंग सम्बन्धित कार्यको प्रगति विवरण सम्बन्धी,
(घ)कानून तथा फैसला कार्यान्वयन शाखा
- ऐन, नियम, गठन आदेश, विनियम, कार्यविधि, निर्देशिका, मापदण्डको मस्यौदा तयारी एवं परिमार्जन सम्बनधी,
- मन्त्रालय र अन्तर्गतका निकायलाई दिने कानुनी राय परामर्श सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायका तर्फबाट दिने लिखित जवाफ एवं प्रतिउत्तर सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायको मुद्बाको प्रतिरक्षा सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकायबाट गरिने वार्ता, सम्झौता आदिमा सहभागितामा, वार्ताका बुँदा तयारी एवं सम्झौताको मस्यौदा सम्बन्धी,
- नेपाल राजपत्रमा प्रकाशन गरिने सूचना सम्बन्धी,
- मानव अधिकार सम्बन्धी,
- मन्त्रालय र अन्तर्गतका निकाय पक्ष विपक्ष हुने वा भएको मुद्दामा सम्बन्धित अड्डा अदालतमा दिइने उजूरी वा प्रतिवाद वा लिखित जवाफ वा पुनरावेदनको लिखत तयारी र महान्यायधिवक्ताको कार्यालयसँग समन्वय सम्बन्धी,
- अदालतबाट भएका फैसला तथा निर्देशनात्मक आदेशको अभिलेख एवं कार्यान्वयन सम्बन्धी।